राष्ट्रपतिले आज नवनिर्वाचित सांसदरूलाई चियापानमा बोलाइन्

शनिबार, माघ २८, २०७९

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार संघीय संसदका नवनिर्वाचित सांसदहरूलाई चियापानका लागि निमन्त्रणा गरेकी छन् । कार्यकाल सकिन लागेकाले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

चियापान शनिबार दिउँसो ३ बजे शीतल निवासमा आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संघीय संसदका नवनिर्वाचित सांसदहरूलाई चियापान कार्यक्रमको आयोजना गरिएको छ । 

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भइसकेकाले राष्ट्रपति भण्डारीले चियापान कार्यक्रममार्फत् विदाइको संकेत दिने तयारी गरेकि छन् । उनको कार्यकाल फागुन २८ सकिँदैछ ।

चियापान कार्यक्रममा संघीय सांसदसँगै विशिष्ट व्यक्तित्वहरूको पनि सहभागिता रहने राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्