संसद भवनमा राष्ट्रपति [तस्बिर कथा]

शुक्रबार, माघ २७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँ वानेश्वरस्थित संसद भवन पुगेकी छिन् । उनले संसदको दुवै सदन प्रतिनिधिसभा र  राष्ट्रियसभालाई सम्बोधन गर्न संघीय संसद भवन नयाँ बानेश्वर पुगेकी हुन् ।
संघीय संसद्को बैठकमा पुगेकी राष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दीरा रानामगरले स्वागत गरेका थिए । 
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।
यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

61676023363.jpg

51676023388.jpg

91676023415.jpg

81676023432.jpg

41676023456.jpg

31676023500.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्