संसदमा राष्ट्रपतिको प्रश्न : विकासको गति पर्याप्त छ त ?

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरीरहेकी छिन् । 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गररहेकी हुन् । 

आफ्नो कार्यकालको अतराद्धमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्ला वर्षहरूमा राजनीतिक स्थिरता कायम भएको, विकासका कामले गति लिएको भए पनि विकासको गति कति प्रभावकारी छ ? भनेर प्रश्न गरेकी छन् । 

‘देशको राजनीतिले लय र गति समातेको छ । अबको ध्यान देश विकास र नागरिकलाई सम्पन्न बनाउनेतर्फ केन्द्रित हुनुपर्छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘देशको आर्थिक–सामाजिक क्षेत्रमा धेरै नै प्रगति भएका छन् । विकास निर्माणले गति लिएको छ । तर, यो गति पर्याप्त छ त ?’

सम्बोधनको क्रममा उनले देशको आर्थिक अवस्था जटिल मोडमा रहेको पनि बताइन् । 

पछिल्ला दिनमा अर्थतन्त्रको सूचकमा राम्रो संकेत देखिएको भए पनि त्यसको दिगोपनामा सन्तुष्ट हुने अवस्था नरहेको पनि राष्ट्रपति भण्डारीले बताइन् । 

सम्बोधनको सुरु गर्दै भण्डारीले भर्खरै निर्वाचित भएर आएको प्रतिनिधिसभाको सफल कार्यकालको कामना गरेकी थिइन । त्यसैगरी, निर्वाचनपछि बनेको संघीय र प्रादेशिक सरकारले जनचाहना अनुसार काम गर्नेमा आफु विश्वस्त रहेको उनले बताइन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्