नेभिगेशन
समाचार
३० दिनमै ढल्याे सुदुरपश्चिम सरकार

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले दिए राजीनामा

काठमाडौं– प्रदेशसभाबाट  विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । 

बिहीबार रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् ।  

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावल ३० दिनमै पदमुक्त हुनुपरेको छ । 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।  

बिहीबारको प्रदेश सभा बैठकमा रावलले विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर उनको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि उनले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार