चक्रवर्ती ल कलेजका विद्यार्थी आन्दोलित [तस्बिर कथा]

बिहीबार, माघ २६, २०७९

काठमाडौँ– काठमाडौँको बिजुलीबजारस्थित चक्रवर्ती ल कलेजका विद्यार्थीले शिक्षण शुल्क वृद्विको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौँको माइतीघरमा भेला भई उनीहरूले आफूहरूबाट अनुचित महँगो शुल्क लिए पनि कुनै सुविधा नपाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘विद्यार्थीमाथि दमन गर्न पाइँदैन, विद्यार्थीलाई लुट्न पाइँदैन’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कलेजले १० लाख ७० हजार फी लिएपछि त्यहीअनुसार सेवासुविधा दिनुपर्ने वा फी घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन गर्ने धम्की दिएको विद्यार्थीको भनाइ छ । 

उनीहरूले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृत्ति दिनुपर्ने भए पनि कलेजले १० जनालाई मात्रै छात्रवृत्तिमा पढाइरहेको र २० जनाको फी कलेजले खाइरहेको आरोप लगाएका छन् ।

यसअघि पनि शिक्षण शुल्क वृद्विको विरोधमा उक्त कलेजका विद्यार्थीले आन्दोलन गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्