सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

बिहीबार, माघ २६, २०७९

काठमाडौँ –सरकारले डा.जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. राउतलाई आयोगको सदस्यमा नियुक्त गरेका हुन् । उनी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ कृषि वैज्ञानिक समेत हुन् ।  डा. राउत २०७९ को आम निर्वाचनको समयमा नास्टको पदबाट राजीनामा दिएर सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका थिए ।

आयोग सदस्य डा. राउत जनमत पार्टीका अध्यक्ष डा.सिके राउतका दाजु हुन् । अध्यक्ष राउतले पार्टीबाट उनको नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले उनलाई सदस्यमा नियुक्त गरेका हुन् ।

निर्वाचनमा  पराजित आफ्नै दाजुलाई योजना आयोगमा सिफारिस गरेपछि पार्टीभित्र र बाहिर अध्यक्ष राउतको आलोचना सुरु भएको छ । यसअघि पनि अध्यक्ष राउतले आफन्त बबिता राउतलाई समानुपातिक प्रणालीबाट मधेस प्रदेश सभामा ल्याएका हुन् । उनी अहिले उपसभामुख छिन् । 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्