नेपालले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

बुधबार, माघ २५, २०७९

काठमाडौँ –टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौँ बैठकले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सहयोग गर्नुपर्ने बताए ।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्