धमाधम टालिँदै सडकका खाल्डाखुल्डी [तस्बिर कथा]

बुधबार, माघ २५, २०७९

काठमाडौँ– नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेपछि उपत्यकामा केही सकारात्मक दृश्य देखिएका छन् । यतिबेला काठमाडौँ उपत्यकाका सडकका खाल्डखुल्डी पुरिएको र पुरिरहेको देख्न सकिन्छ ।

मेलम्ची खानेपानीको पाइप व्यवस्थित गर्ने क्रममा खनिएका सडकलगायत सवारीसाधनले समेत असर गरेर भत्किएका धेरै खाल्डाहरू टालिसकिएको छ । 

मन्त्री श्रेष्ठले गत पुस १९ गते मन्त्रालयमा कर्मचारीहरूलाई बोलाएर १५ दिनभित्रमा काठमाडौँ उपत्यकाको र १ महिनाभित्रमा देशभरका सडकका खाल्डखुल्डी पुर्न निर्देशन दिएका थिए । सो निर्देशनपछि काठमाडौँका सडकको मर्मतसम्भार भएको हो । 

बुधबार राजधानीको बबरमहलको नेपाल कला परिषद्अगाडिको सडक मर्मत गरिएको छ । साथै सोही सडकसँगै जोडिएको सहायक बाटोको पेटी र भित्तामा उम्रिएको झारसमेत सफा गरिएको छ ।

हेराैँ तस्बिरमा सडक मर्मतः
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्