संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भयो : कांग्रेस नेता पौडेल

बुधबार, माघ २५, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले संसद ‘चुनावी सभा’ हो कि भन्ने आफूलाई आभास भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि ‘चुनावी सभा’ भन्ने छुट्टयाउन गाह्रो भएको बताए ।

नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरूले राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरूले बोल्ने गरेकोमा पनि उनले आपत्ति जनाए ।

‘यो संसद हो कि चुनावी सभा हो ? छटयाउन गाह्रो भइरहेको छ । कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन । सबैको नजर केन्द्रित भएर संसदमा झुटो बोल्नु हुँदैन’, उनले भने ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्