रवि लामिछानेलाई ५ वर्ष कैद माग गर्दै उजुरी (निवेदनसहित)

बुधबार, माघ २५, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध ५ वर्ष कैद सजाय र हदैसम्मको जरिमाना माग गरेर सरकारी वकिलको कार्यालय काठमाडौँमा उजुरी दर्ता भएको छ । 

युवराज पौडेल (सफल)ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता गरेका हुन् । 

लामिछानेले लामिछानेले राहदानी ऐन २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जान्दाजान्दै झुटो विवरण दिएर राहदानी लिएकाले उनलाई ५ वर्षको कैद सजाय हुने गरी मुद्दा चलाउन माग गरिएको छ । 

युवराज सफलले गत माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी लिन नमानेको भन्दै उजुरी दर्ताका लागि आदेश दिन पनि माग गरेका छन् । 

प्रहरीले सत्ता र शक्तिको आडमा उजुरी दर्ता गर्न नमानेको पौडेलले निवेदनमा उल्लेख गरेका छन् । 

पौडेलले रवि लामिछाने सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । 

उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो । 

नेपाली नागरिक नै नभई नेपाली राहदानी लिएर प्रयोग गरेको विषयमा छानबिन हुनुपर्ने माग पौडेलले गरेका छन् ।

rabi1675839833.jpg

rabi21675839833.jpg

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार