रक्षामन्त्री भारत जाँदै

मंगलबार, माघ २४, २०७९

काठमाडौँ – रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन् । 

मन्त्री उप्रेती फागुन १ देखि ५ गतेसम्म भारतको भ्रमण गर्नेछन् । रक्षा मन्त्रालयका अनुसार भारतमा हुने डीफेन्स एक्सपोमा सहभागी हुन मन्त्री उप्रेती पाँच दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणको स्वीकृति दिएको छ ।

भारत भ्रमणमा रहँदा उनले समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै उनले भारतका सेना प्रमुखसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार