नेभिगेशन
समाज विविध

महानगरले भत्कायो मैतीदेवीको प्रहरी बिट

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले मैतीदेवीको प्रहरी बिट भत्काउन थालेको छ ।

सडक मिचेर बनाइएको संरचना हटाउने अभियानमा नगर प्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट मंगलबार खाली गराएको हो । मैतीदेवीको प्रहरी बिट भत्काउन महानगरको टोली डोजर लिएर पुगेको छ ।

मैतीदेवी प्रहरी बिट कहाँ रहने भन्ने अझै टुंगो लागेको छैन । उक्त बिटमा रहेका प्रहरीले भने त्यहाँका आफ्ना सामान सारेका छन् । 

प्रहरीले सामान सारिसकेपछि उक्त बिट भत्काउने तयारी महानगरले गरेको छ ।

329781237_5226655417437197_3868075545269705453_n1675754482.jpg

328899511_567379975313237_1322089415040764670_n1675754482.jpg

329644555_492917756143049_8656702303506959402_n1675754482.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

फेवातालमा फसेका ८ जनाको उद्धार