पेट्रोलियम पदार्थ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सोमबार, माघ २३, २०७९

काठमाडौँ– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको हो ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ। हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रूपैयाँ छ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।

PR_oil corporation magh231675698597.jpg

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्