सुदूरपश्चिमका मुख्यमन्त्रीले २५ माघमा विश्वासको मत लिने

सोमबार, माघ २३, २०७९

कैलाली–सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन् । 

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन् । यो सँगै विश्वासको मत लिने वा नलिने अन्योल हटेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्