राष्ट्रपतिको बिदाइ सम्बोधन माघ २७ मा

सोमबार, माघ २३, २०७९

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको २ कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन् । उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाई सम्बोधन भनिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्