टर्कीमा शक्तिशाली भूकम्प : मृतकको संख्या १७ पुग्यो

सोमबार, माघ २३, २०७९

दक्षिण–पूर्वी टर्कीस्थित गाजियान्टेपमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

स्थानीय अधिकारीका अनुसार अहिलेसम्म कम्तीमा १७ जनाको मुत्यु पुष्टि भए पनि मृतकको संख्या लगातार बढिरहेको छ । भूकम्पका कारण १० सहर प्रभावित भएका छन् ।

भूकम्प गएकोस्थान सिरियाको सीमानजिकै पर्छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरमा महसुस गरिएको थियो ।

भूकम्पमा परी कैयौँ भवन भत्किएका छन् भने त्यहाँ केही मानिस अझै फसेको हुन सक्ने अनुमान गरिएको छ ।

बिबिसीको रिपोर्टअनुसार भूकम्पबाट एउटा सपिङ मल पनि भत्किएको छ । सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्