प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे विप्लव

आइतबार, माघ २२, २०७९

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

विप्लव र विश्वकर्मा आइबार साँझ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

भेटको अवसरमा अघिल्लो सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन र अन्य समसामयिक राजनीतिका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

भेटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका थिए । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्