रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर व्यवसायी पक्राउ

आइतबार, माघ २२, २०७९

काठमाडौँ– रोमानिया, स्लोभाकियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जना मेनपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

रोमानिया, स्लोभाकियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा हरि बस्नेत र हेमलाल पुनलाई उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँको शेषमतीबाट शुक्रबार साँझ पक्राउ गरेको हो । उनीहरू दुबै काठमाडौंको सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालक हुन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका–१० बस्दै आएका बस्नेत र प्युठान गौमुख नगरपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–११ शेषमती बस्दै आएका मगर दुबैले विभिन्न ९ जना व्यक्तिहरूबाट नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरु दुबैले वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा प्रतिष्ठित 'एग्रिकल्चरल कम्पनि' र 'फ्रुट प्याकेजिङ' लगायतको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको प्रहरीको भनाई छ । 

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

police notice_pakaraao1675602570.png

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार