सरकारमा रहने वा छाड्ने बारे निर्यण लिन रास्वपाकाे बैठक आज पनि बस्ने

आइतबार, माघ २२, २०७९

काठमाडाैँ – सरकारमा रहने वा छाड्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समिति बैठक आज पनि बस्ने छ ।

शनिबार बसेकाे केन्द्रीय समिति र संसदीय दलकाे बैठक टुङ्गाेमा पुग्न नसकेपछि आज ११ बजे बस्ने गरी सकिएकाे थियाे ।

बिहीबार बसेको रास्वपाकाे बैठकले पार्टीको मागबारे निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिएको थियो । उक्त समयावधि शनिबार सकिएपछि रास्वपाले सरकारमा रहने वा छाड्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो ।

रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूलाई दिन माग गरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन अस्वीकार गरेका छन् । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

आजै प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ । रास्वपा सांसदहरुले पार्टीको बैठक सकेर संसद बैठकमा सहभागी हुने बताएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०६:४४
प्रतिक्रिया दिनुहोस्