माइतीघरबाट तारा बराल पक्राउ

शनिबार, माघ २१, २०७९

काठमाडाैँ – सामाजिक अभियान्ता तारा बराल माइतीघरबाट पक्राउ परेकी छन् ।

नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेपछि क्यानको विरुद्धमा आन्दोलन गरिरहेका बेला बराल पक्राउ परेकी हुन् । 

प्रहरीका अनुसार अर्कै समूहले गरिरहेको आन्दोलनमा विथोल्न आएपछि बराललाई पक्राउ गरिएको हो । तर, बरालले सन्दीपको पक्षमा र क्यानको निर्णयको पक्षमा आवाज उठाएको बताएकी छन् । 

सन्दीप लामिछानेलाई योजनावद्ध बलात्कारको आरोप लगाइ क्यानबाट निलम्बन गर्ने पक्षले आन्दोलन गरेका र आफू त्यसको विरुद्धमा रहेको बरालले प्रतिक्रिया दिएकी छिन् । 

विभिन्न महिला अधिकारकर्मी र संघ सस्थाहरूले आरोपीको निलम्बन फुकुवादेखी राष्ट्रिय टिमसम्मको प्रवेशमा सरकार र प्रतिपक्ष पार्टी दुबैको मौनता र क्यानको अटेरी गरेको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेका छन् । 

16754971912231675497485.jpg

16754971912091675497485.jpg

16754971911801675497485.jpg

16754971911941675497485.jpg

16754971912371675497486.jpg

16754971912511675497486.jpg

16754971912651675497486.jpg

16754971912871675497486.jpg

 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्