साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध भारतको सानदार सुरुवात

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ – साफ यू–२० महिला च्याम्पियनसिपमा भारतले सानदार सुरुवात गरेको छ । शुक्रबार बंगलादेशको ढाकामा भएको प्रतियोगितामा भारतले भुटानमाथि १२–० को फराकिलो जित निकाल्यो ।
च्याम्पियनसिपमा सानदार सुरुवात दिलाउन भारतका तीन खेलाडीले ह्याट्रिक गरे । भारतका लिन्डा कोम, अनिता कुमारी र नेहाले ह्याट्रिक गर्दा अपूर्णा नार्जारीले दुई र नितु लिन्डाले एक गोल गरे ।
पहिलो हाफमा चार गोल गरेको भारतले दोस्रो हाफमा आठ गोल थप्यो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिमको सहभागिता छ । राउन्ड रोबिन पद्धतिमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।


 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्