किसानले सडकमा तरकारी पोखेपछि रविले भने– यो दर्दनाक अवस्थाको अन्त्य गर्छौ

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –चितवनका किसानले सडकमै तरकारी पालेको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टिप्पणी गरेका छन् । उनले किसानहरूको समस्या समाधानमा आफू लाग्ने बताएका छन्। 

उनले प्रतिकेजी ५ रुपैयाँमा पनि नबिकेपछि किसानले सडकमै तरकारी फ्याक्नुपर्ने बाध्यतामा रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेको छन् ।

‘प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान’, उनले लेखेका छन्, ‘देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन, बजार छैन ।’

रविले किसानले तरकारी फ्याक्नुपर्ने दर्दनाक अवस्था आफूले सहन नसक्ने पनि उल्लेख गरेका छन् । ‘किसानले सुनौलो भविष्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नु पर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागिपर्ने छौँ’, उनले भनेका छन्, ‘समस्या थाहा छ, समाधान खोज्ने छौँ । प्रिय, चितवन, केही दिनमा भेट्न आउँदैछु है ।’

ravv1675429687.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्