विवादकाबीच मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार [नामसहित]

शुक्रबार, माघ २०, २०७९

जनकपुरधाम– मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । 

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले  १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरेका हुन् ।

मन्त्रिपरिषद् विस्तार भएपनि भागबन्डा नमिल्दा नेकपा (माओवादी केन्द्र) सरकारका सहभागी भएको छैन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो ।

शुक्रबार अर्थमन्त्री सञ्जय कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्तकुमार कुसहवा, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यावद, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानीमन्त्री सिंहासिङ कलवार, कानुमन्त्री राजकुमार लेखी, महिला बालिकालिका मन्त्री मोहमद जयद आलमहसित राज्यमन्त्रीहरूले शपथ लिएका हुन् ।

माओवादीले कुनै मन्त्रालय नपाएपछि गठबन्धनको निरन्तरतामा प्रश्न उठेको छ ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा भने कार्य विभाजन हुन बाँकी छ । मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिएका हुन् । जसअनुसार ९ जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन् । 

madhes-minister_ahAPKe3FHX1675427158.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्