मधेस प्रदेश : मन्त्रालय भागबन्डामा विवाद हुँदा सपथमा ढिलाइ

शुक्रबार, माघ २०, २०७९

जनकपुरधाम – मधेस प्रदेश सरकार दोस्रो पटक विस्तार गर्नेक्रममा सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटको विषयमा विवाद हुँदा सपथ ग्रहणमा ढिलाइ भएको छ ।

मधेस प्रदेशको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको सम्पूर्ण तयारी पूरा गरिएको छ । 

एमाले, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रबाट मन्त्री बन्नेहरूको सूची तयार भएको छ । तर, मन्त्रालयको भागबन्डामा दलहरूबीच अझै सहमति हुन सकेको छैन । कतिपय दलहरू भित्रै मन्त्रालय भागबन्डाका विषयमा आन्तरिक विवाद रहेको छ । 

शपथ ग्रहणका लागि ४ बजेकै समय दिए पनि मन्त्रालय भागबन्डा नमिल्दा सपथमा ढिलाइ भएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले भागबन्डा मिलाउन मन्त्रालय टुक्राई विवादित मन्त्रालय आफै राख्न खोजेपछि विवाद चुलिएको हो ।

दोस्रो पटकमा सामाजिक विकास मन्त्रालय टुक्राएर स्वास्थ्य तथा वातावारण मन्त्रालय जसपाले राखेको छ । सामाजिक टुक्रयाएर शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय जनमतलाई दिने सहमति भएको छ । 

मुख्यमन्त्री कार्यालयका कर्मचारीका अनुसार एमालेका राजकुमार लेखी गृह तथा सञ्चार, शत्रुधन महतो कोइरी महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, जनमतलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालय जसपाले लिने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्