रन फर ओबेसिटी म्याराथन २० फागुनमा

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ– एनआरएस स्पोर्ट्स फाउन्डेसनले २० फागुन, शनिबार रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ ।

संस्थाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । म्याराथन ५ किलोमिटरको हुनेछ । म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २०० रुपैयाँ शुल्क भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ ।

भुक्तानी गरेसँगै टिसर्टसहित सामग्री प्रदान गर्ने पनि आयोजकले जनाएको छ । म्याराथन वसन्तपुरबाट सुरु भई रत्नपार्क, नागपोखरी, दरबार मार्ग, न्युरोड हुँदै वसन्तपुरमै गएर टुंगिने छ । 

आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ । म्याराथन बिहान ६ः३० बजे सुरु भएर साढे ७ बजे समापन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्