जब किसानले सडकमै तरकारीको बिस्कुन हाले... [तस्बिर कथा]

शुक्रबार, माघ २०, २०७९

चितवन– चितवनका तरकारी उत्पादक किसानले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध प्रदर्शन गरेका छन् । 

स्वदेशी तरकारीले उत्पादन लागतअनुसारको मूल्य नपाएको भन्दै सडकमै तरकारी फालेका हुन् ।

तरकारी उत्पादक किसानले नारायणगढको पुल्चोक सकडमै गोलभेँडा, काउली, बन्दा, परबललगायत तरकारी फालेर आन्दोलन गरेका हुन् ।

आन्दोलन क्रममा ‘बारीमा जाऊँ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

लागतअनुसार तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने उनीहरूको माग छ । 

प्रदर्शनका कारण केहीबेर राजमार्गमा सवारीसाधन सञ्चालनसमेत प्रभावित भएको थियो । 


 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्