‘ए’ डिभिजन फुटबल फागुन १९ देखि

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा फागुन १९ बाट शहिद स्मारक ‘ए’ डिभिजन लिग हुने भएको छ ।

एन्फाले लिग सम्बन्धी सबै तयारी अगाडि बढाइसकेको छ । खेल डबल राउन्ड रोबिनको आधारमा हुनेछ । सबै १८२ खेलहरू दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्समा हुनेछ । 

सबै खेल मैदानको तयारी पनि एन्फाले तदारुकताका साथ अघि बढाएको जनाएको छ । एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको छ र बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गर्नेछ ।

लिगका लागि सहभागी सबै १४ वटा क्लबले क्लब दर्ता गरिसकेका छन् । एन्फाले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रमथ किस्ता स्वरुप जनही १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । क्लबहरुलाई खेलाडी दर्ताको लागि माघ २९ गतेसम्मको मिति तय गरिएको छ ।

लिंगमा प्रथम हुने टिमले नगद ७५ लाख, द्वितीय हुनेले ५० लाख र तृतीय हुनेले २५ लाख रुपैयाँ पुरस्कार स्वरुप पाउने छन् । लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप ३ लाख रुपैयाँ पुरस्कार उपलब्ध गराइने एन्फाको भनाइ छ ।  प्रतियोगितको सवोत्कृष्ट खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कार उपलब्ध गराइनेछ ।

त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान २÷२ लाख रुपैयाँ पुरस्कार उपलब्ध गराइनेछ । लिगको एक उदीयमान खेलाडीलाई इमेजिङ्ग प्लेयर घोषणा गरेर नगद १ लाख ५० हजार रुपैयाँ दिइनेछ ।

हरेक खेलको विजेता टोलीलाई थप नगद ५० हजार पुरस्कार दिइने छ । खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान २५ हजार रुपैयाँ दिइने छ । हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप १० हजार रुपैयाँ दिइने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्