दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ९ करोड

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– साताको पाँचौ दिन बिहीबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक २२ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार, बिहीबार परिसूचक २२.१२ अंकले घटेको छ । आज बजार सो अंकले घटेर २०९४.५४ विन्दुमा कारोबार बन्द भएको छ ।

बिहीबार १.०४ प्रतिशतले घटेको सेयर बजारमा ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब ९ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा १९४ कम्पनीका स्क्रीप्टको मूल्य घटेको छ भने १९ कम्पनीका स्क्रीप्टको मूल्य बढेको छ । ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्त नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि आर्दश लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९२८.९० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, सपोर्ट माइक्रोफाइनान्सको ५.८ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ५.२९ प्रतिशत,रिडी पावरको ५.१३, आइमइ जनरलको ४.५५ र नाडेप लघुवित्तको ४.५३ प्रतिशतले मूल्य घटेको हो ।

आज स्ट्यान्डर्ड चार्टड बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको १० करोड १३ लाख रुपैयाँमा १ लाख ९४ हजार कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको १७१६ पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्सेमा झिनो अङ्कको गिरावट
बिहीबार, माघ १९, २०७९

झिनो अङ्कले घट्यो नेप्से
बिहीबार, माघ १९, २०७९

नेप्सेमा झिनो अङ्कको गिरावट
बिहीबार, माघ १९, २०७९