भक्तपुरका किसानलाई तरकारी स्याहार्न भ्याइनभ्याइ [तस्बिर कथा]

बिहीबार, माघ १९, २०७९

काठमाडौँ – यतिबेला भक्तपुरका किसानलाई भ्याइनभ्याइ छ । सिजनअनुसारको खेतीका लागि निकै मेहनत गर्ने किसानको बारीमा अहिले लसुन, प्याज , धनियाँ, गाजर, मुला र साग फलिरहेको छ ।

जाडो मौसममा दिन छोटा हुन्छन्, अनि खेतीको काम हुँदा किसानका हरेक दिन खेतमा नै बित्छन् । 

समय र मौसम अनुसारको खेती गरेर किसानले राम्रै आम्दानी गरिरहेको पाइन्छ । काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा मात्र खेतहरू काम गरिरहेका किसान देख्न पाइन्छ । अन्य धेरैजसो ठाउँमा घर बनेका छन् । 

किसानले आफ्नो बारीबाट बेचेको तरकारीको मूल्य बजारमा सुन्दा अचम्म लाग्ने गरेको बताउँछन् ।

बजारमा बेच्ने मूल्यअनुसार आफूले नपाएकाे  उनीहरूलाई लाग्छ । तर, बिचौलियाका कारण किसानले राम्रो मूल्य पाएका छैनन् ।

बजारमा बेच्ने मूल्यको कुरा उठाउँदा आफ्नो बारीमा भएको तरकारी बिक्री नहुने त्रासमा उनीहरू छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्