सामान्य अंकले बढ्यो नेप्से, कारोबार पौने २ अर्ब हाराहारीमा 

बुधबार, माघ १८, २०७९

काठमाडौँ–  नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४.९७ अंकले बढेको छ । साताको चौथों दिन सेयर २११६.६५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । कुल ०.२४ प्रतिशतले बढेको सेयर ५० लाख २४ हजार ३८१ कित्ता किनबेचबाट १ अर्ब ७६ करोड ७० लाख हाराहारीको सेयर कारोबार भएको हो ।

बुधबार आदर्श लघुवित्त र सिद्धार्थ इन्सोरेन्सले सबैभन्दा बढी नाफा कमाएका छन् भने एनआइबीएल समृद्धि फण्डले सबैभन्दा बढी नोक्सान व्यहोरेको छ । ११० कम्पनीले नाफा गरे भने ९३ कम्पनीले घाटा ब्यहोरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्