नेभिगेशन
सुरक्षा–अपराध

धनुषामा प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये ३ जना पक्राउ

जनकपुरधाम –इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका ६ जनामध्ये ३ जना थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो छन् ।

अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । बाँकी ३ जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!