निरन्तर ओरालो यात्रामा सेयर बजार 

मंगलबार, माघ १७, २०७९

काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.३६ अंकले घटेको छ ।

सोमबार पनि नेप्से परिसूचक ४१.१६ अंकले घटेको थियो । 

मंगलबार कारोबार रकम पनि घटेको छ । आज कुल २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भयो । 

कारोबारका आधारमा १९ करोड २० लाखभन्दा बढी कारोबार गर्दै रिडी पावर अग्रस्थानमा रह्यो ।

मंगलबारको कारोबारमा १३ उपसूचकमध्ये हाइड्रोपावर उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेका छन् । आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

यस्तै प्राइम लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाए ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्