शहिदको सम्झनामा दीप प्रज्वलन [तस्बिर कथा]

सोमबार, माघ १६, २०७९
'हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए'

कवि भुपी शेरचनको यि रचनाले हामिलाई शहिदहरुको सम्झना गराउँछ । 

sahid diwas 2079 cnnepal111675089703.jpg

हरेक विहानमा झरेको तारासँगै उदाएकोे सूर्यको प्रकाशले दिनको सुरुवात गर्छ । त्यसपछि मात्रै आम मानिसले आफ्नो दैनीकि शुरु गर्छन् । त्यस्तै, हाम्रो देश नेपालको एतिहासिक कालखण्डमा उदाएका वीर सपूतहरुको वलिदान रहेको छ ।

तिनै सपुतहरुको सम्झना र सम्मानको दिन हो आज माघ १६ को शहीद दिवस । 

sahid diwas 2079 cnnepal21675089702.jpg

आज शहीद दिवसका रुपमा मात्र नभई शहिद सप्ताहका रुपमा एकहप्ता अगाडिदेखि नै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ ।

sahid diwas 2079 cnnepal71675089702.jpg

शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको  माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइएको हो ।

sahid diwas 2079 cnnepal31675089702.jpg

आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिक्ताका लागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरु अनि घटनाक्रमहरुले दिने गरेको छ ।

sahid diwas 2079 cnnepal141675089704.jpg

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषका अनुसार नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.स. १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो । 

त्यसपछि, शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । 

sahid diwas 2079 cnnepal81675089703.jpg

वि.स. १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौँको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो । धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी, माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानी हत्या गरिएको थियो ।

sahid diwas 2079 cnnepal91675089703.jpg

sahid diwas 2079 cnnepal41675089702.jpg

sahid diwas 2079 cnnepal121675089704.jpg

sahid diwas 2079 cnnepal51675089702.jpg

sahid diwas 2079 cnnepal161675089704.jpg

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्