मन्त्रिपरिषद् बैठक

राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त

सोमबार, माघ १६, २०७९

काठमाडौँ– मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । 

 

ज्ञवालीले यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भएर कामा गरेका थिए । शाक्य पूर्वराजदूत हुन भने महतले कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहमा रहेर काम गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्