नेभिगेशन
समाज विविध

गगन थापाले गरे सूचना वर्गीकरण कार्यान्वनय नगर्ने निर्णयको स्वागत

काठमाडाैं- सरकारले सूचना वर्गीकरणका प्रस्ताव स्थगन गर्ने भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्यसको स्वागत गरेका छन् ।

सोमबार ट्वीट लेख्दै थापाले सूचनाको हक नियन्त्रण गर्ने मनसायका साथ ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको निर्णय कायान्वयन नगर्ने प्रधानमन्त्रीको कुरा सकरात्मक भएको बताएका छन् । 

‘निर्णय गर्ने क्रममा भएको त्रुटीलाई स्वीकारी सरकारले कार्यान्वनय पूर्व नै सच्याएर फिर्ता लिनु उपयुक्त कदम हो’, थापाले भनेका छन् । 

मुख्य सचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकामा सरोकारवाला पक्षले सरकारको ध्यानाकर्षण गराएपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो ।

उक्त छलफलपछि सूचना वर्गीकरण गर्ने निर्णयबाट सरकार पछि हटेको थियो । 

मुख्य सचिव शंकरदास वैरागीले आफूहरूले सूचनाको हक कुण्ठित गर्न नभएर सूचना व्यवस्थित गर्न वर्गीकरणको प्रस्ताव अगाडि सारेको बताए ।

उनले सरोकार पक्षको मागलाई समेत ध्यानमा राखेर प्रस्ताव परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध