४१.१६ अकंले घट्यो नेप्से, कारोबार रकममा देखिएन असर

सोमबार, माघ १६, २०७९

काठमाडौँ– साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार  नेप्से परिसूचक ४१.१६ अंकले घट्दै २१२७.३७ अकंमा पुगेर कारोबार बन्द भएको हो । सेयर बजार हिजो आइतबार १४.६८ अंकले घटेको थियो । सोमबार आइपुग्दा नेप्से उच्च अंकले घटेको हो ।

तर, सेयर कारोबार रकममा भने त्यति असर परेको छैन् । सोमबार २१६६.३१ विन्दुबाट सुरु भएको सेयर कारोबार अन्तिसम्ममा ३ अर्ब ३ करोड २० लाख बराबरको कारोबार भएको छ । ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेचबाट उक्त रकमबराबरको सेयर कारोबार भएको हो ।  उच्च अंकले सेयर घटे पनि सेयर कारोबारमा त्यति असर गरेको देखिएन् । 

किनकी, पहिलो दिन आइतबार ३ अर्ब १ करोड बराबरको सेयर कारोबार भएको थियो ।  सोमबार भने २०४ कम्पनीले घाटा ब्यर्होदा ९ कम्पनीले मात्र नाफा कमाए ।

लुम्बिनी जनरल इन्सोरेन्स कम्पनी, आदर्श लघुवित्त,र बाराही हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी नाफा बुक गरेका छन् भने युनाइटेड इदी मार्दी हाइड्रो्पावर लिमिटेड र श्वेतगंगा हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी नोक्सान ब्यहोरेका छन् ।

सुर्यज्योती लाइफ इन्सोरेन्स कम्पनीले सबैभन्दा बढी कारोबार गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्