असमान नीति र बैंकको ब्याज आतंकविरुद्ध व्यवसायी आन्दोलित [तस्बिर कथा]

सोमबार, माघ १६, २०७९

काठमाडौँ– काठमाडौँका व्यवसायीहरू सरकारको विभेद र बैंक वित्तीय संस्थाको असमान नीतिको विरुद्धमा आन्दोलित भएका छन् । 

नेपाल राष्ट्रिय व्यापार व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोसाक व्यापार संघलगायत २१ वटा संघ–संगठनको संयुक्त आयोजनामा विरोध कार्यक्रम गरिएको हो ।

‘सम्पूर्ण उद्योगी व्यवसायी एक हौँ’ भन्ने मूल नाराका साथ व्यवसायीप्रति सरकारले गरेको विभेद तथा वित्तीय संस्थाको आतंकविरुद्ध आन्दोलित हुनुपरेको उनीहरूको भनाइ छ । 

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीको नेतृत्वमा भएको विरोध कार्यक्रममा नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेल, ललितपुर तयारी पोसाक व्यापार संघका अध्यक्ष मिलन श्रेष्ठ, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघका अध्यक्ष शेखरचन्द्र राईलगायतको उपस्थिति छ । 

कार्यक्रममा दोहोरो अंकको ब्याजदर आतंक बन्द गर, सहज व्यावसायिक वातावरण कायम गर, स्व. प्रेम आचार्यको माग सम्बोधन गर, सम्पूर्ण उद्योगी व्यवसायी एक हौँ लगायत नाराबाजी गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्