महानगरविरुद्ध महानगरबासी प्रदर्शनमा [तस्बिर कथा]

आइतबार, माघ १५, २०७९

काठमाडौँ– काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी प्रदर्शनमा उत्रिएका छन् ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो ।

काठमाडौंका विभिन्न ठाउँका बासिन्दाले आइतबार माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका तथा संघर्ष समितिका सुमन सायमी पनि सहभागी भएका छन् ।

सायमीको नेतृत्वमा उपाध्यक्ष विद्या श्रेष्ठलगायत काठमाडौंका स्थानीयबासीले प्रदर्शन गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्