१४.६८ अकंले घट्यो सेयर बजार, कारोबार रकम ३ अर्बमा झर्यो

आइतबार, माघ १५, २०७९

काठमाडौँ– साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १४.६८ अकंले घटेको छ । साताको पहिलो दिनमै सेयर बजार घटेर २१६८.५३ बिन्दुमा झरेर बजार बन्द भएको हो । २१८५.४६ विन्दुबाट सुरु भएको बजार अन्त्यसम्म आइपुग्दा घटेको हो ।

आइतबार ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । सेयर अकं घटेसँगै कारोबार रकममा पनि गिरावट आएको हो । आज आइतबार ३ अर्ब १ करोड बराबरको सेयर कारोबार भएको छ । १६१ कम्पनीले घाटा ब्यर्होदा ४८ कम्पनीले मात्र नाफा कमाए ।

लुम्बिनी जनरल इन्सोरेन्स कम्पनी र बाराही हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी नाफा बुक गरेका छन् भने समृद्धि फाइनान्स कम्पनी, सिभिल लघुवित्त कम्पनीलगायतल सबैभन्दा बढी नोक्सान ब्यहोरेका छन् ।

आइएमई जनरल इन्सोरेन्स कम्पनीले सबैभन्दा बढी कारोबार गरेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्