जीवन यत्तिकै सकिँदैन रहेछ... [फोटोफिचर]

शनिबार, माघ १४, २०७९

काठमाडौँ । खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्‍यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ ।

आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्य लाग्दो प्रश्न गर्छौं । 

differently able 71674880333.jpg

शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उनीहरुको संवेदनामा नै सिमित छौँ । तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन् । 

आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन् । कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए । तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अङ्कुश लगाउन सकेन । 

differently able 81674880333.jpg

नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन् ।

जोरपाटीस्थित बिआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिबिहीन र अपाङ्गता भएका पुरुष ।

differently able 91674880333.jpg

गौशालामा व्यापार गर्दै आएकी अपाङ्गता महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ ।

उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् । 

differently able 101674880333.jpg

थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिबिहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिबिहीन नै छन् ।

differently able 111674880333.jpg

आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु ब्यस्त छन् ।

differently able 11674880332.jpg

differently able 21674880332.jpg

differently able 31674880332.jpg

differently able 41674880332.jpg

differently able 61674880332.jpg

differently able 51674880332.jpg

शारीरिक अशक्तता भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरुको कथालाई आजको
फोटो फिचरमा समेटिएको छ । फोटो स्रोत: न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्