माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो, माघ १७ गतेसम्म आवदेन दिन सकिने

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ– माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)का बिक्री खुला गरेको हो । जारी पुँजी रू एक अर्बको ३४ प्रतिशत बराबरको रू ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि रू १० लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकिएको छ । 

दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याईएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता शेयर प्रतिकित्ता रू एक सयका दरले सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यही माघ १७ सम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ । 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिने सकिने जनाएको छ । 

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्