राखेपद्वारा नेपाल कराँते महासंघको तदर्थ समिति गठन

बिहीबार, माघ १२, २०७९

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्व सदस्यसचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गरेको छ ।

तदर्थ समितिको सह–अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्र विक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ छन् ।

राखेपले गठन गरेको तदर्थ समितिलाई वैशाख १२ गतेभित्र विधान मस्यौदा तयार गरेर राखेपको स्वीकृतिमा साधारणसभा र निर्वाचन गर्न निर्देश गरिएको छ । 

कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराँतेको नेपालको इतिहासलाई कायम राख्न नयाँ समितिले काम गर्नुपर्ने बताए ।

राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारी अनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको तदर्थ समिति गठन गरेको हो ।

karate mahasungh1674735788.JPG

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्