उपप्रधानमन्त्री श्रेष्ठको निर्देशनलाई गिज्याइरहेकाे काठमाडौँकाे सडक र फुटपाथका ४० तस्बिर

बिहीबार, माघ १२, २०७९

काठमाडाैँ- भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नारायणकाजी श्रेष्ठले पुस १९ गते मन्त्रालयमा कर्मचारीहरूलाई बोलाएर १५ दिनभित्रमा काठमाडौँ उपत्यकाको र १ महिनाभित्रमा देशभरका सडकका खाल्डखुल्डी पुर्न निर्देशन दिएका थिए ।

त्यसको १० दिनपछि अर्थात पुस २९ गते काठमाडौँको सडक अनुगमनमा निस्किए । भौतिक योजना र खानेपानी मन्त्रालय, सडक विभाग र विद्युत प्राधिकरणका कर्मचारीलाई सँगै लिएर सडक ओर्लिएका मन्त्री श्रेष्ठले त्यसबेला भनेका थिए– जनतालाई भत्किएको र खाल्डा परेको सडक दिने छुट सरकारलाई छैन । तोकिएको समयमा काम नगर्नेलाई घरबेटी वा दाजुभाइको नाममा उन्मुक्ति दिइने छैन ।

सडक अनुगमनको क्रममा देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा सरकार लागिसकेको उद्घोष मन्त्री श्रेष्ठले गरेका थिए । 

उनले काठमाडौँको सडकका खाल्डा पुर्न निर्देशन दिएको आज २३ दिन पूरा भयो । मन्त्री श्रेष्ठको निर्देशनपछि सडकको अवस्था कस्तो बन्यो भनेर सिएन नेपालले काठमाडौँका सडकको स्थलगत रिपाेर्टिङ गरेको थियो ।

मन्त्रीको निर्देशनपछि पनि सडकमा कुनै प्रगति भएको देखिएन । सडकका खाल्डा उस्तै छन् । कहीँ पानी जमेको छ । कहीँ धुलाम्मे सडकका कारण यात्रा गर्नै कठिन छ ।

सडकबाट उडेको धुलो बोटबिरुवामा बसेका कारण काठमाडौँका सडक आसपास रहेका बोटिबरुवा नै चिन्न कठिन छ । 

अनुमान गर्नुस् त- सडकको त्यस्तो धुलोले मानिसको स्वास्थयमा कस्तो असर पुग्ला ! 

कतिपय ठाउँमा त फुटपाथको अवस्था उस्तै दयनीय छ । ती फुटपाथमा चोपलिँदै हिँड्नु काठमाडौँबासीको बाध्यतायुक्त दैनिकी हो ।  

हेर्नुहोस् सिएन नेपालले संकलन गरेको काठमाडौँका सडकको पछिल्लो अवस्थाको तस्बिर कथा– 

 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्