Nic Ad Nic Ad
Nic Ad Nic Ad

मतदाताको शिर उच्च हुनेगरी काम गर्छुः सहरी विकासमन्त्री पाण्डे

बुधबार, माघ ११, २०७९

चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले मतदाताको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

samridhi jewllers

आज भरतपुर–२३ स्थित सरस्वती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री पाण्डेले जनमतको कदर हुनेगरी काम गर्ने बताएका हुन् ।

‘निर्वाचनमा जनतासँग गरेका बाचा पूरा हुन्छन्’, उनले भने, ‘तपाईंहरुले अनुभूति गर्नेगरी काम गर्छु ।’ 

उनले यसअघि मन्त्री हुँदा पनि जनताका पक्षमा थुप्रै काम गरेको भन्दै यसपटक सहरी विकास मन्त्रालयमा फरक ढङ्गले काम हुने बताए ।

पार्टी र पार्टीका अध्यक्षले काम गर्नसक्ने विश्वासका साथ सहरी मन्त्रालय रोजेर दिएको भन्दै उनले ७७ जिल्लामै देखिने गरी काम गर्ने उनले प्रतिबद्धता जनाए । उनले वर्तमान सरकार निर्माण भएसँगै जनतामा उत्साह जागेको बताए ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २१:४९
प्रतिक्रिया दिनुहोस्