१० दशमलव ३७ अंकले बढ्यो सेयर

बुधबार, माघ ११, २०७९

काठमाडौँ –बुधबार सेयरबजार १० दशमलव ३७ अंकले बढेको छ । 

बजार परिसूचक नेप्से उक्त अंकले बढेर २१८३ दशमलव ६२ विन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनी कारोबारमा सामेल भएकामा ९५ लाख ३२ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

दिनभरिमा ५४ हजार ३७७ पटक खरिदबिक्री भएको थियो । यसबाट ३ अर्ब ४६ करोडको सेयर किनबेच भएको हो । कारोबारबाट १५९ कम्पनीको सेयर बढेको, ४६ वटाको घटेको र ६ वटाको उही मूल्यमा कारोबार भएको छ । 

बुधबारसबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावरका सेयरधनीले कमाएको छ । कम्पनीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता ३०.८० रुपैयाँ आम्दानी गरेका हुन् । 

त्यस्तै आदर्श लघुवित्तको सेयर पनि १० प्रतिशतले बढ्दा लगानीकर्ताले ९९ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् भने सानिमा जीआईसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोका सेयरधनीले पनि क्रमशः ९ दशमलव ९९,  दशमलव ९९ र ९ दशमलव ९८ प्रतिशत कमाएका हुन् । 

लगानीकर्ताले ५ दशमलव ७० प्रतिशतसम्म नोक्सानी व्यहोर्दा नेशनल हाइड्रोपावर कम्पनीको १० करोडको सर्वाधिक कारोबार भएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्