आत्मदाह गरेर निधन हुने आचार्यप्रति बालेनले दिए श्रद्धाञ्जली

बुधबार, माघ ११, २०७९

काठमाडौँ–आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको निधनप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले श्रद्धाञ्जली अर्पण गरेका छन् । मंगलबार संघीय संसद गेट बाहिर शरिरमा पेट्रोल खन्याइ आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान निधन भएपछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका हुन ।

आत्मदाह गर्ने सबैभन्दा ठूला कारण राज्य भएको भन्दै उनले लेखेका छन, ‘एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

ृउनले प्रेम आचार्यले जस्तो नियति अरुले कुनै व्यक्तिले भोग्नु नपरोस काठमाडौं महानगरले सीप सिक्ने र जीवनस्तरमा वृद्धिमा प्रयोग हुने संरचना निर्माण गर्ने कुरामा संवेदनशील भएर काम गरेको बताएका छन् ।

उनले लेखेका छन, ‘कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगर क्षेत्रको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि  प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्