बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

बुधबार, माघ ११, २०७९

काठमाडौँ बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउँदै छ ।

पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

कार्यदलले बुधबार मुख्यमन्त्री जम्मकट्टेललाई ११ वटा मन्त्रालय बनाउने रायसहितको प्रतिवेदन पेश गर्ने छ । त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।

बुधबार दिउँसो बाँकी ८ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा गरी तीन दल मात्रै सरकारमा जाने छन् ।

बागमतीमा गत पुस २६ मा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएको थिए । त्यस दिन उनले ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्