सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
काठमाडौँ– एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा उपचार गरि डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकका ग्राहकलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो ।
सो सम्बन्धी समझदारीपत्रमा यस बैंककातर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो.डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका हुन ।
उक्त समझदारीअनुसार एनआइसी एशियामा बैंकमा खाता सञ्चालन गरेका ग्राहकले मोबाइल बैंकिङ्ग, डेबिट कार्ड,क्रेडिट कार्डवा प्लाटिनम कार्ड प्रयोग गरेर उपचारको शुल्क भुक्तानी गर्दा उक्त छुट पाउनेछन ।
समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग-NIC ASIA MoBank_ Pk tyf sf8{ k|of]ustf{x¿n]pQm ;]G6/df 3D CRT, IMRT, VMAT, Palliative Care /TBI (Total Body Radiation) उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन । बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।