बाजुरामा भूकम्पमा परेर एक महिलाकाे मृत्यु

बुधबार, माघ ११, २०७९

काठमाडौँ– बाजुरामा भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो आएको भूकम्पबाट जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको हो । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्