१० तस्बिरमा हेर्नुहोस संघीय राजधानीको कुरूप अनुहार [तस्बिर कथा]

काठमाडाैं, मंगलबार, माघ १०, २०७९

काठमाडौं संघीय राजधानी हो । सम्पूर्ण देशलाई काठमाडौंमा रहेको सिंहदरबारले कमाण्ड गर्छ । 

देशभरबाट जिजिविषाको आशामा नागरिकहरु काठमाडौं ओर्लन्छन् । तर, उनीहरूले कल्पनामा राखेर आएको काठमाडौं यहाँ ओर्लदा भेटिदैन । विदेशमा देशको राजधानीकोरुपमा काठमाडौंलाई चिनिन्छ । तर, यहाँको अस्तव्यस्तताले काठमाडौंलाई कुरूप देखाइरहेको छ । 

सडकका पोलमा अव्यस्थित तारहरू छन् । कही त यस्तोसम्म देखिन्छ ती पोलमा असरल्ल छाडिएका तारहरु कसरी धानिएको होला ? 

त्यतिमात्रै होइन, बटुवालाई आराम गर्नका लागि सडक पेटीमा बनाएको बेन्च भाचिएको महिनौ भएको हुन्छ तर, त्यसको मर्मत सम्भारमा सम्बन्धित निकायले चासो राख्दैन् । 

सबैको अपेक्षामा कञ्चन र हराभरा काठमाडौं रहन्छ तर, शहरमा निस्किएर हेर्दा काठमाडौंको अनुहार असाध्यै कुरूप देखिन्छ । 

हेर्नुहोस् १० तस्बिरमा काठमाडौंको कुरूप अनुहार–

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्